काठमाडौँ । पुतलीबजार नगरपालिका–७ बाचपुरमा फागुन २ गते भएको बुवाको हत्यामा आफ्नै छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ वर्षीय तोरण कार्की लाई कारागार पठाएको छ।
७१ वर्षीय तुलबहादुरको हत्या आरोपित कार्कीलाई बिहीबार साँझ पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको छ। घटना अनुसार, तुलबहादुर साँझको खाना खाएर सुतेका थिए र भोलिपल्ट बिहान मृत भेटिएका थिए।
छोरा कार्कीलाई घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीले सुक्ष्म अनुसन्धान अगाडि बढाएको थियो। कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया पूरा गरी उनलाई बिहीबार अदालतमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार कार्की पुर्पक्षका लागि कारागार पठाइएको छ।