Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेष समारोहबीच स्वागत गर्दै सञ्चालक समितिमा औपचारिक रूपमा स्वागत गरेका छन्।

पूर्व सचिवसमेत रहेकी भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव छ। उनले सिँचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्।

शैक्षिक रूपमा उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन्। साथै अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी र ड्युक युनिभर्सिटीबाट ननप्रफिट म्यानेजमेन्ट विषयमा उच्च शिक्षा हासिल गरेकी छन्।

हाल भट्टराई साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य तथा प्रोफेसल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन्।

उनको नियुक्तिले बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।