Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

नेपाल सुशासन पार्टी र विभिन्न साना दलहरु आपमा सहकार्य गरेर अगाडि बढ्ने सहमती

नेपाल सुशासन पार्टी र विभिन्न साना दलहरु आपमा सहकार्य गरेर अगाडि बढ्ने सहमती

काठमाडौँ । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । यसलाई असल,कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील,सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो । त्यहि आवश्यकतालाई मध्यनजर राख्दै पूर्व डिआईजी रमेश खरेललेआफ्नोे नेतृत्वमा २०७८ पुष २१ गते ४७ सदस्यीय नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् । खरेल आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन । त्यसो त खरेल नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।

खरेलको महान दृष्टि र विश्वासका साथ नेपाल सुशासन पार्टी,सचेत नेपाली पार्टी,नेपाल आमा पार्टी,नौलो जनवादी लगायतका र अन्य अभियानबाट स्वतन्त्र राजनीति शक्ति मिलेर निर्वाचन लडेने सहमती बनेको छ । राजनीति शक्तिहरु मिल्न सके देशमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाका साथ उनले यो रमेश खरेल, “स्वतन्त्र राजनिक शक्ति“ पुण्य प्रसाईं, रोमलाल गिरि लगायत सबै वैकल्पिक भनिएका राजनीतिक शक्ति,स्वतन्त्र व्यक्ति तथा समुहहरुले गरे एउटै साझा चुनाव चिन्ह “आमा“ को घोषणा गरेका हुन् ।

हिजो राष्ट्रिय सभागृह नेपालको प्रमुख सभास्थल काठमाडौँको प्रदर्शनीमार्गमा आपसी विश्वास र सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको छ । अब आउने अन्य पार्टीलाई स्वागत गर्दै सम्मानपूर्वक व्यवहार गर्दै यो निर्वाचनमा एकजुट हुन खरेलले आग्रह गरेका छन् । राजनीतिक प्रदूषण र भ्रष्टाचार बिरुद्ध लड्नको लागि स–साना पार्टी संग संयुक्त चुनाब चिन्न लिएर जनातका माझमा जाने प्रतिबद्धता समेत खरेलले गरेका छन् । प्रतिक्रियाशीलता,सहमति उन्मुख,समानता र मावेशीता,प्रभावकारिता र दक्षता प्रभावकारिता र दक्षप्रविधिक देशको लागि आवश्यक भएको उनको तर्क छ ।

स्वतन्त्र राजनीति शक्तिहरु मिल्न सके देशमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाका साथ उनले यो पार्टीको निर्माण गरेका हुन् । राजनीतिक प्रदूषण र भ्रष्टाचार बिरुद्ध लड्नको लागि स–साना पार्टी संग संयुक्त चुनाब चिन्न लिएर जनातका माझमा जाने प्रतिबद्धता समेत खरेलले गरेका छन् । प्रतिक्रियाशीलता,सहमति उन्मुख,समानता र समावेशीता,प्रभावकारिता र दक्षता प्रभावकारिता र दक्षप्रविधिक देशको लागि आवश्यक छ भएको उनको तर्क छ ।

समानता,नागरिक सहभागिता,स्वतन्त्र र निष्पक्ष निर्वाचन,मानव अधिकार र वातावरण संरक्षण,जनता प्रति जवाफदेहिता,शक्तिको दुरुपयोग नियन्त्रण,कानूनको शासन र उचित प्रक्रिया नै सुशासको आयम हो । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धनले मिलेर अगाडि बढ्ने सहमती गरेका छन् । यद्यपी केहि सिट भए पनि हात पार्न साना दलले निकै कसरत गर्नु पर्ने देखिन्छ । देशमा सुशासन कायम गर्न सुशासन पार्टीले अहम भुमिका खेलेको छ । रमेश खरेल आफ्नो काममा जति अनुशासित थिए त्यतिनै राजनितिमा पनि अनुशासित देखिन्छन् भन्ने आम जनताको विश्वास छ । नयाँ दल भए पनि स्थानिय तहमा पनि सुशासनले खाता खोली सकेको छ । यो नै अबको नयाँ यात्राको लागी सुशासनको हिलो खुड्कीलो हो ।

यसरी, जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्थाका लागी खरेल लड्दै आएका छन् । सुशासनले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता पनि हो ।