Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनसरी घटनामा रवि लामिछानेको माग: निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत

सुनसरी घटनामा रवि लामिछानेको माग: निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुःख व्यक्त गरेका छन्।

लामिछानेले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उहाँले तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। साथै पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरे।

लामिछानेले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता कायम राख्न सबै पक्षलाई आग्रह गरे। उहाँले अफवाह र उत्तेजनाबाट टाढा रहन नागरिक, सामाजिक अगुवा तथा सरोकारवालालाई अपिल गरेका हुन्।

उहाँले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव अडिग रहेको बताए। परिस्थितिलाई सामान्य बनाउन र संवादमार्फत समाधान खोज्न पार्टीले आवश्यक भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

रास्वपाका स्थानीय समिति तथा सदस्यहरूलाई पनि शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न लामिछानेले निर्देशन दिएका हुन्।