Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ।