काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाभियोग प्रस्ताव छानबिन समितिको बैठक भोली बस्दै छ ।
प्रतिनिधि सभाको बैठकले गठन गरेको उक्त समितिको बैठक भोलि बिहान साढे ११ बजेलाई बोलाइएको छ । लामो समयदेखि सामसुम रहेको उक्त प्रस्तावबारे गत असारमा संसद बैठकमा चर्कोसँग कुरो उठेको थियो ।
राजनीतिक दलका जनप्रतिनिधिहरुले अल्झाउने मेलो मात्रै गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई संसदीय प्रस्ताव छानबिन समितिमा पठाइदिएका हुन् ।
भोलि बस्ने बैठकले समितिको सभापति चयन गर्ने बुझिएको छ । त्यसपछि छानबिनको कार्यविधिबारे पनि छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ ।
समितिमा नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई दुई,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक एक जना गरी ११ सदस्य छन् ।