Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छन्।

मन्त्रालयको विवरणअनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८ सय ४८ जना संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय २६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्।

१९७ जना संस्थागत आइसोलेशनमा र ५ हजार ६२ जना संक्रमित होम आइसोलेशनमा छन्।