Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

बञ्चरेडाँडामा अवरोध कायमै भएपनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

बञ्चरेडाँडामा अवरोध कायमै भएपनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

काठमाडौँ  । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध जारी छ ।

हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए ।

बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्‍याइने महानगरपालिकाले जनाएको छ । तर स्थानीयबासिन्दाको अवरोध रहेकाले फोहोरका गाडीलाई बञ्चरेडाँडासम्म पुर्‍याउन चुनौती छ ।

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा परेर त्यहाँका कमल तामाङ घाइते भएका छन् ।