Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

माओवादीको स्थायी समिति बैठक सर्‍यो,१ बजे बस्ने

माओवादीको स्थायी समिति बैठक सर्‍यो,१ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ।

बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो। नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ।

यसअघि हिजो बसेको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।

आज नै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ।