Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै,प्रदेशभर सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै,प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ ।

पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ ।

ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।

आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ ।