काठमाडौं । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनससार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।