Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने

नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गरेको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने सम्भावना छ ।

आजको प्रतिनिधि सभाको बैठकबाट विधेयक पारित गर्ने तयारी भएको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ ।

प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्ने छन् । सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाएकी थिइन् । रा

संसद्ले यो विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । त्यहीँ अधिकार संसद्ले प्रयोग गर्न लागेको हो । सत्ता गठबन्धनले सङ्घीय संसद्का दुवै सदनबाट जस्ताको त्यस्तै विधेयक पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।