Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

प्रतिनिधिसभा बैठकमा बालेन र हर्क साङ्पाङको जुहारीको बिषय उठ्यो

प्रतिनिधिसभा बैठकमा बालेन र हर्क साङ्पाङको जुहारीको बिषय उठ्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषय उठेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्ण राईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयर राईले म काठमाडौं आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताए ।

काठमाडौंको फोहोर नउठिरहेका बेला केही दिनअघि काठमाडौं आएका हर्क राईले आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको भन्दै मेयर बालेन्द्र शाहलाई ब्यङ्ग्य गरेका थिए ।

मेयरले शाहले पनि तपाईंकै लैरो चुनाव चिन्हबाट मैले पनि चुनाव जितेको हो नि भन्दै ब्यङ्ग्य फर्काएका थिए ।