काठमाडौं । आज पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।
हिजो छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।