Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको प्रचण्डको गुनासो

पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको प्रचण्डको गुनासो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको गुनासो गरेका छन्।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।

जनयुद्धका बेला मर्न जानका लागि पनि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद, प्रतिष्ठा र सुविधाका लागि प्रतिस्पर्धा केन्द्रित हुने गरेको बताए।

उनले आगामी चुनावमा माओवादीलाई विजयी बनाउनका लागि एउटा फौजका रुपमा प्रस्तुत हुन वाईसिएललाई निर्देशन दिए। समाजवादको यात्रामा पुग्ने यसअघिको प्रयास केही कारणले असफल भएको भन्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने, समाजवाद निर्माण गर्नका लागि नयाँ शिराबाट पहल गर्ने उनको भनाई छ ।