Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

विशेष कारणवस बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्। अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ।

कांग्रेस नेता प्रदिप गिरिको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो।

प्रतिनिधि सभाका कुनै पनि सांसदको निधन भएपछि अन्तिम श्रद्धाञ्जली नभएसम्म बैठक संचालन नगरिने संसदीय परम्परा छ।

नेता गिरिको शनिबार राति निधन भएको हो।

गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।