Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी

कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ ।

मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन् ।

अस्पताल परिसरमा गिरिको पार्थिव शरीर ११ बजेसम्म राख्ने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा ल्याइने कार्यक्रम छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ ।