Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

शेयर बजार झन्डै ८ अङ्कले घट्यो

शेयर बजार झन्डै ८ अङ्कले घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार घटेको छ ।

दिनभर घटबढ भइरहेको शेयर बजार बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।