Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आचारसंहिता बनाउन निर्वाचन आयोगले दलहरुसँग सोमबार छलफल गर्दै

आचारसंहिता बनाउन निर्वाचन आयोगले दलहरुसँग सोमबार छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ ।

आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि भोली राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

आज निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताउनुभयो ।

उहाँले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले आयोगको छुट्टै संहिता मान्दिनँ भनेको प्रति आश्चर्य लागेको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गर्नुभयो।