Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजको संसद बैठक कांग्रेसका नेता गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने

आजको संसद बैठक कांग्रेसका नेता गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने

काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।