Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

म राष्ट्रपतिको दौडमा छैन : झलनाथ खनाल

म राष्ट्रपतिको दौडमा छैन : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् ।

पार्टी प्रशिक्षणका क्रममा गुल्मी आएका नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए ।

नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताएका छन् ।