काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतवारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले कम भएको हो । महासंघका अनुसार आइतवार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य आज ९४ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ कम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार १६५ रुपैयाँ तोकिएको छ ।