काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।
पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उहाँले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।
अध्यक्ष प्रचण्डले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको बताए ।