Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तापक्रम बढ्दा देशभर गर्मी बढ्यो

तापक्रम बढ्दा देशभर गर्मी बढ्यो

काठमाडौँ । तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ ।

पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५, विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, बिहान ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस छ । हिजो १९ र अस्ति १८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम लगातारजसो बढिरहेकाले पनि बिहानैदेखि गर्मी महसुस भएको छ ।