Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ।

सोमबार साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्नेछ। सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको दाबी छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ। तर भागबण्डा मिलाउन भने गठबन्धनलाई सकस भएको छ।