Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

काठमाडौँ । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् ।

हिजो साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

विराटनगर महानगरपालिका१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।