Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज राष्ट्रपति भण्डारीले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

आज राष्ट्रपति भण्डारीले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छन् ।

यस क्रममा छलफल गर्न राष्ट्रपति भण्डारीले आज अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छन् ।

गत साउन २९ गते संसदमा फिर्ता पठाउनुअघि पनि राष्ट्रपति निरन्तर परामर्शमा व्यस्त थिइन्। अहिले पनि त्यो क्रम जारी छ। उनी विधेयक प्रमाणित नगर्ने बरु राजीनामा दिने ‘मुड’मा देखिएको स्रोतको दाबी छ।