Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स हस्पिटलमा स्वास्थ्य परिक्षण गर्दा उनको कोरोना रिपोट पोजेटिभ देखिएको हो।

उनी अहिले निवासमा आइसोलेसनमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

अहिले उनको स्वास्थ्य अबस्था सामान्य छ। उनी हिजो सत्ता गठबन्धन बैठकमा एकैछिन सहभागी भएर बाहिरिएका थिए। उनको स्वास्थ्यमा समस्या देखेपछि नेताहरुले पनि कोरोना परीक्षण गराउन सुझाएका थिए।