Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौ महानगरपालिकाले सुन्धारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ।

आज बिहान काठमाडौँ महानगरका मेयर बालेन साहको टोली सहित गएर सो संरचना हटाएको हो। डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ। काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए।