Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने

विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने बताएका छन् ।

उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । यसपटकको भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए ।

यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि भारत जान लागेको निकटवर्तीहरुले बताएका छन् ।

निधिले पनि जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको बताएका छन् ।