Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ८ सय ६ जनाको पीसीआर र २ हजार ३ सय ७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।