काठमाडौँ । काठमाडौँको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
आँखाको उपचारका लागि हिजो अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज बिहान पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ परेका बुढाथोकीलाई जावलाखेलमा राखिएको छ । रामेछाप पिल्पुङ्ग गाउँपालिका–२ घर भएका ३१ वर्षका बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् । उनलाई हिजो उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
उनी रहेको अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।