काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।
निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा एकीकृत समाजवादीले भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।
अघिल्लो बर्षको भदौ २ गते नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।
पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट थापागाउँमा पुनर्गठन दिवस कार्यक्रम राखेको छ ।