Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महानगरद्वारा शङ्खमूल र बानेश्वर क्षेत्रका अनधिकृत संरचनाकाे निरीक्षण

महानगरद्वारा शङ्खमूल र बानेश्वर क्षेत्रका अनधिकृत संरचनाकाे निरीक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोली अनधिकृत संरचना हटाउन शङ्खमूल र बानेश्वर क्षेत्रमा पुगेको छ ।

मेयर बालेन्द्र शाहसहितको टोली शङ्खमूल र बानेश्वर क्षेत्रको अवलोकनमा पुगेको हो । टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाले अनधिकृत रुपमा बनाएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिएको छ । यसअघि सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

कोटेश्वरमा पनि त्यस्ता अवैध संरचना हटाउने तयारी छ ।