काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरू सहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् । आजै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको नेताहरुले बताएका छन् । दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ ।
१६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको हो ।