Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजदेखि सुरु हुँदैछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिनेछ । दलहरुले पर्सि १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा निवेदन बुझाउन सक्नेछन् ।

प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

एकल चुनाव चिह्न लिइ संयुक्त रुपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रुपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरुले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरुले संयुक्त हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।