Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको खाका बनाउन गठित कार्यदलको बैठक आज पनि बस्ने

सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको खाका बनाउन गठित कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौं । सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको खाका बनाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने भएको हो। हिजो साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए।

त्यही दाबीअनुसार आज कार्यदलका सदस्यहरुको बीचमा थप छलफल गरेर टुंगो लगाउने तयारी छ। बिहीबारको बैठकमा कार्यदल सदस्यहरुले प्रत्यक्षका १६५ सिटमा दुई सय ३२ भन्दा बढी सिट दाबी गरेका थिए। कांग्रेसले १००, माओवादीको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३० तथा जनमोर्चाको दुई सिटमा दाबी थियो।