Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङको निम्तो मान्दै प्रचण्डले धरानमा रोपे विरुवा

हर्क साम्पाङको निम्तो मान्दै प्रचण्डले धरानमा रोपे विरुवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकामा बिरुवा रोपेका छन् ।

धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । दुई हप्ताअघि काठमाडौँ आएको बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रचण्डलाई भेटेर श्रमदानका लागि निम्तो गरेका थिए । साम्पाङलाई श्रमदान गर्न आउने वचन दिएका प्रचण्डले आज धरान पुगेर बिरुवा रोपेका हुन् ।

वृक्षरोपण गर्दै प्रचण्डले कम्युनिस्टहरू र खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको बताए । उनले आफूले रोपेको बिरुवा प्रगतिशील गीतकार जेबी टुहुरेप्रति समर्पण गर्ने बताएका छन् । आज टुहुरेको स्मृति दिवस पनि हो ।