काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको अभियानलाई समर्थन गरेकी छन् ।
नेत्री झाँक्रीले इमानदर प्रयासहरू सफल हुने भन्दै आफ्नो समर्थन मेयर साहलाई रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन् । उनले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेको भए पनि मेयर साहलाई भने त्यस्तो नहुने पनि बताइन् ।
नेत्री झाँक्रीले आफू र मेयर साहले केही योजना बनाएको भए पनि आफ्नो कार्यकाल लामो नरहेको उल्लेख गरेकी छन् ।