काठमाडौँ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविमा तोडफोड र आक्रमण गर्ने विद्यार्थीमाथि कारबाही गरिने बताएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आक्रमणमा संलग्न हुने विद्यार्थीहरूलाई त्रिविले हदैसम्मको कारबाही गर्ने बताएका हुन्।
त्रिविको उपकुलपति कार्यालयमा केही दिनअघि नेविसंघले तोडफोड गरेको थियो। नेविसंघले त्रिविका विभिन्न निकायमा तालाबन्दीसमेत गरेको छ।
यसैबीच त्रिविले गृह मन्त्रालयसँग त्रिवि परिसरको भरपर्दो सुरक्षाका लागि आग्रहसमेत गरेको छ। विश्वविद्यालयमा नियमित पढ्ने विद्यार्थीबाट कुनै समस्या नरहे पनि राजनीतिक लाभ लिन खोज्ने विद्यार्थीहरूबाट भने समस्या रहेको उनको भनाइ थियो।
उनले त्रिविमा अवरोध गर्ने विद्यार्थीलाई कारबाही गरिने चेतावनी दिए।