Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौँ । आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ ।

आज सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली हुने र पानी पर्ने सम्भावना रहेको छ ।