Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य विज्ञान आकर्षकको केन्द्र बन्दै छ : भक्त बहादुर के सी

स्वास्थ्य विज्ञान आकर्षकको केन्द्र बन्दै छ : भक्त बहादुर के सी

काठमाडौँ । अहिले उच्च माध्यमिक पछि चिकित्सा स्वास्थ्य शिक्षामा विद्यार्थीहरूको आर्कषण बढ्दै गएको छ । किन भने स्वास्थ्य विज्ञान धेरै फराकिलो छ । यो क्षेत्रमा लागेकाहरुले जागिरको अवसरहरू पाउन सक्छन् ।

स्वास्थ्य विज्ञान प्रमुखहरूले अस्पताल,सरकारी एजेन्सीहरू र सामुदायिक गैर–लाभकारी संस्थाहरूमा आफ्नै देशमा रोजगारी तथा राम्रो आयको लागि अबसर प्राप्त छ । विदेशको समेत स्वास्थ्य क्षेत्रहरुको अन्तर्राष्ट्रिय स्वास्थ्य व्यावसायिक लाइसेन्स प्राप्त गरेर डाक्टर,नर्स दन्तचिकित्सा, आहारशास्त्र,चिकित्सा, नर्सिङ, व्यावसायिक थेरापी, अप्टोमेट्री, फार्मेसी, फिजियोथेरापी, पोडियाट्री, रेडियोग्राफी,स्पीच प्याथोलोजी र पशु चिकित्सा विज्ञान जस्तै OET गरिसके पछि NCLEX/USMLE USA र क्यानडा, DHA / HAAD / MOH - UAE, NMC UK - CBT, NMBI - आयरल्याण्ड, PLAB-CBT UK डाक्टर र नर्सहरूको लागि सबै खाडी देशहरूको लागि प्रोमेट्रिक परीक्षाको लागि तयारी क्लास लिएर सजिलै परीक्षा दिन सकिन्छ नेपालबाटै परीक्षा दिन मिल्ने देशहरु धेरै छन् । कागजात र इजाजतपत्र परीक्षा आवेदन सहायता आदिको लागि OET Preparation Nepal अनामनगरमा गरिन्छ ।

रोजगार बजारमा नेटवर्कको महत्वपूर्ण भूमिका छ, जसमा विशेषगरी जो युवाहरूलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ऐतिहासिक रूपमा प्रस्तुत गरिएको समुदायबाट आएका छन् । तिनीहरूका लागि त्यस्तो पहुँचसम्म पुग्न नै गाह्रो छ । देश हाँक्ने तिनै युवा भए पनि उनीहरूलाई काम गर्ने ठाउँबाट राजनीतिक र आफन्तवादबाट वञ्चित गरिएको हुन्छ ।

नयाँ नेपाल’ बनाउनु राजनीतिज्ञहरूको मूल नारा हो, तर ‘नयाँ’ अझै पनि ‘पुरानो’ नेतृत्वमा, र क्रमबद्ध, पितृसत्तात्मक शासन प्रणालीबाट नै चलिरहेको छ । सरकार र राजनीतिक दलहरूले अब नागरिकको आकांक्षालाई पहिचान गरी उनीहरूको सम्भावितता पत्ता लगाउन, नेपालको स्वास्थ्य क्षेत्र विकास गर्न र उपयोग गर्नका लागि पढे लेखेका युवा पुस्ताहरूलाई अवसर दिनुपर्छ ।