Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।