काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज बयान लिँदैछ ।
सिफारिस समितिको बैठक अहिले ११ बजेका लागि बोलाइएको छ । बैठकमा जबरालाई उपस्थित गराएर बयान लिने तयारी समितिको छ ।
आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।