Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदी दुवैको मूल्यमा गिरावट

सुनचाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो । आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा झरेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ।