Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेकपा एसद्वारा इलामबाट झलनाथ सहित ३ जना उम्मेदवार सिफारिस

नेकपा एसद्वारा इलामबाट झलनाथ सहित ३ जना उम्मेदवार सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एकिकृत समाजवादीले उम्मेदवार सिफारिस गरेको छ।

नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना सिफारिस गरेको छ। एसले इलाम क्षेत्र नं १ अन्र्तगत झलनाथ खनाल सहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको हो।

त्यसैगरी क्षेत्र नं २ मा रामचन्द्र पराजुली, पुर्ण बहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ ९क० मा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु सहित ६ जनाको नाम सिफारिस गरेको पठाएको छ।

पार्टीले केन्द्रिय सदस्य राममाया राई, जिल्ला कमिटी सदस्य मुना राई, जिल्ला अध्यक्ष भक्त केसी, केन्द्रीय सल्लाहकार सदस्य लालबहादुर सुब्बा र जिल्ला कमिटी सचिवालय सदस्य जित बहादुर राईको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष भक्त केसीले बताए।

माईजोगमाई गाउँपालिकाका निर्वतमान अध्यक्ष जितबहादुर राई यसअघि माईजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट पुनः अध्यक्षको निर्वाचनमा होमिएर पराजित बनेका थिए।