Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदै

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदैछ ।

समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । बयानको पहिलो दिन हिजो उहाँसँग सम्बन्धित ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको छ । हिजो बयानका क्रममा उनले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । ७ महिनादेखि निलम्बनको अवस्थामा रहेका उहाँमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।