Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तराईका जिल्लामा आज दिनभरि झरी पर्ने सम्भावना

तराईका जिल्लामा आज दिनभरि झरी पर्ने सम्भावना

काठमाडौँ । गएरातिदेखि नै तराईका जिल्लामा पानी परिरहेको छ ।

मनसुनको न्यून–चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरि नै तराईका जिल्लामा झरी पर्ने सम्भावना छ । उनका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाई छ ।

उनका अनुसार मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।