Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेसँग तालमेल हुँदैन : प्रचण्ड

एमालेसँग तालमेल हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँग एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताएका छन्।

पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले आज बिहान आयोजित कार्यक्रममा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको उनको भनाइ छ।

उनले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन्। उनले एमालेले विगतका काम कारबाहीहरुको आत्मसमीक्षा गर्नुपर्ने बताए।