काठमाडौं । एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।
शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।